प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेको छ।
मंगबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको आरोप लगाएको छ।
इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पछिल्लो १५ दिनमा २ पटक पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा ७७ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बहानाबाजी गर्दै मूल्य नघटाएको भन्दै अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको हो।
जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएको पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्य राखी मूल्य समायोजन नगरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ।
पेट्रोलियम पदार्थमा यथाशीघ्र मूल्य समायोजन नभए आन्दोलनमा उत्रिने अनेरास्वियुले दिएको छ ।
