logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नदीले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता   


अंकुरण खबर
910
Shares

कपिलवस्तु वाणगंगा नगरपालिका–९ स्थित कोईली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका–७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृत्यु भएको छ ।

राममाया, उनको श्रीमान ३६ वर्षीय दिल कुमार सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई उक्त खोलाले बगाएका थियो । छोरा निरजलाई सकुशल उद्दार गरिएको थियो ।

इलाका प्रहरी कार्यालयल पिपराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलाको किनारमा राममायाको शव फेला परेको हो ।

बेपत्ता भएका दिल कुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।