logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा बसको ठक्करबाट एक बृद्धाको मृत्यु


अंकुरण खबर
1.183K
Shares

कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् । गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी बृद्धालाई आज बिहान साढे ७ बजे ठक्कर दिएको थियो । बस सहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।