logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला


अंकुरण खबर
767
Shares

झापाको गौरदह नगरपालिका–९ स्थित कमल खोलामा १७ साउनमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्वल खरेलको शव आज फेला परेको छ ।
खरेको शब सशस्त्र प्रहरीले आज फेला पारी खोलाबाट बाहिर निकालेको हो ।

कमल गाँउपालिका–१ बस्ने खरेल पौडी खेल्दाखेल्दै बेपत्ता भएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरहरू खटिएका थिए । खोजतलासका क्रममा बुधबार उनको शब फेला पारेको हो ।

सशस्त्र प्रहरीले १८ साउन बिहान ८ः२० बजेतिर सोही ठाउँमा करिब २० फिट गहिरो पानीमा शव फेला पारेको हो ।