logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७९ जना सवार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण 


अंकुरण खबर
1.079K
Shares

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ ।

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।

उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए ।

उनका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।