logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध


अंकुरण खबर
1.417K
Shares

पहिरोले  बिजुलीको पोल ढल्दा  बेँसीशहर चामे सडक अवरुद्ध भएको छ ।

मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे  सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले  बताए।

सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो  ।

सडक अबरुद्ध हुँदा बेसिशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी  बेसिशहरतर्फ र मनाङबाट बेसिशहर आउदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छ्न ।