सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच बैठक केहीबेर अघि सुरु भएको हो। बिहीबार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेपछि गठबन्धनका दलहरू छलफलमा जुटेका हुन्। आजको बैठकले आम निर्वाचनमा गठबन्धनमा आवद्ध दल मिलेर जाने घोषणा गर्ने स्रोतले बताएको छ।
सरकारले हिजै ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ। यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो।
तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरुदेखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ।