logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आज शुक्रबारदेखि मतदाता नामावली संकलन नहुने


अंकुरण खबर
1.235K
Shares

सरकारले आउँदो मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो ।

यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुनेछ।

आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन थालेको थियो।