logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डलरको बलियो र रुपैयाँ कमजोर हुँदा हामीलाई कस्तो असर प्रभाव पर्छ ? कति ६ नेपालमा विदेशी मुद्राको मौज्दात ?


अंकुरण खबर
936
Shares

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ।

विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो। आजकाल एक अमेरिकी डलरको विनिमयदर १२६/ २७ सम्म पुग्ने गरेको छ।

यसअघि २०७७ वैशाखमा नेपाली मुद्राको तुलनामा डलरको भाउ सर्वाधिक १२३.२४ रुपैयाँ पुगेको थियो।

कारण के हो ?
रुस र युक्रेनबीच चलिरहेको युद्ध र त्यो तत्काल साम्य हुने अवस्था नदेखिएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमै लगानीकर्ताहरूबीच अनिश्चितता छाएको छ। ूत्यसैले डलरप्रतिको आकर्षण बढेको देखिन्छ,नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले भने।

त्यस्तै अमेरिकाको केन्द्रीय ब्याङ्कले मौद्रिक नीतिमार्फत् अपनाएका असाधारण उपायहरूलाई सामान्य अवस्था तर्फ लाने सङ्केत गरेसँगै निकट भविष्यमै सङ्घीय कोषको ब्याजदर ०.२५ प्रतिशतले माथि लग्दैछ। यसले अमेरिकामा ब्याजदर प्रतिको आकर्षण हुन्छ।

भारतीय र नेपाली मुद्राको विनिमयदर स्थिर छ, त्यस्तै नेपाल र भारतको मुद्राबीच स्थिर विनिमयदर छ

पछिल्लो समय भारतबाट विदेशी लगानीकर्ताहरूले लगानी फिर्ता लगेको र त्यसको प्रभाव पनि मुद्रामा परेको अधिकारीहरू बताउँछन्।

केही महिना अघियता मात्रै करिबकरिब चार अर्ब डलरजति भारतबाट लगानी फिर्ता भएको देखिएको छ। र, यो हेर्दा भारतीय मुद्रा कमजोर भएको छ र हाम्रो मुद्रा भारतीय मुद्रासँग पेगु भएकाले पनि नेपाली मुद्रो कमजोर भएको हो।

सम्भावित प्रभाव कस्ता:
यसको प्रभाव खासगरी आयातको भुक्तानीमा पर्नेछ। नेपाली मुद्रामा बढी भुक्तानी गर्नुपर्ने हुन्छ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र नेपाली रुपैयाँ कमजोर हुँदै गएको अवस्थामा उल्लेख्य रूपमा आयातमा गरिने भुक्तानी बढ्ने अधिकारीहरू बताउँछन्। अर्को तर्फ वैदेशिक ऋणको ब्याज पनि बढ्ने अवस्था रहन्छ जसले अर्थतन्त्रमा चाप पार्ने बताइन्छ। त्यस्तै विदेशमा पढ्ने विद्यार्थीको दायित्व बढ्ने हुँदा वस्तु व्यापारमा मात्रै नभएर यसले सेवा व्यापारको घाटा पनि बढाउने अधिकारीहरू बताउँछन्।

यसैबीच केन्द्रीय ब्याङ्कले आयात नियन्त्रण गर्न सक्ने सम्भावना रहने अर्थविद् केशव आचार्य बताउँछन्।

तर त्यसो गर्दा पनि आयातको परिमाण तुलनात्मक रूपमा कम रहने भए पनि मूल्य भने बढी पर्न जाने अवस्था रहन्छ। यी सबै कुराको प्रभाव मुद्रास्फीति अर्थात् बजार महँगीमा देखिने जानकारहरू बताउँछन्।

नेपालमा विदेशी मुद्राको मौज्दात कति छ ?
नेपाल राष्ट्र ब्याङ्कका अनुसार नेपालको विदेशी विनिमय व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण अवस्थामा छ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालसँग छ महिना वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ।

मौद्रिक नीतिका अनुसार सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति हुनुपर्ने लक्ष्य राखिएको छ। सामान्य अवस्थामा यो आत्तिनुपर्ने स्थिति नरहे पनि अन्तर्राष्ट्रिय स्तरमा विकसित घटनाक्रम, भूराजनीतिक तनाव, विश्वव्यापी रूपमा मुद्रास्फीतिको दबाव र नेपालका भुक्तानी दायित्वका कारण विदेशी विनिमय सञ्चितिमा थप दबाव उत्पन्न हुनसक्ने हुँदा अत्यन्तै सजग हुनुपर्ने अवस्था रहेको छ।

हाल वैदेशिक ऋणको सुविधा ब्याङ्कहरूलाई पनि दिइएको अवस्थामा ऋण भुक्तानीको थप भार बढेको आचार्य बताउँछन्।मुलुकको अर्थतन्त्रमा प्रभाव कम गर्नका लागि सरकारी निकाय, निजी क्षेत्र संवेदनशील भएर कुनकुन वस्तुको आयातलाई केही समयका लागि रोक्न सकिन्छ भनेर कसरत गर्न जरुरी रहेको अधिकारीहरूको भनाइ छ।

विकसित मुलुकहरूको हकमा छ महिनाको आयात धान्न सक्ने सञ्चिति कम नभए पनि नेपालका लागि भने अवस्था फरक छ। नेपालको कुल गार्हस्थ उत्पादनको झन्डै ४० प्रतिशतमा आयातको हिस्सा छ। उक्त सङ्ख्यामा दुई खर्बभन्दा बढी योगदान खाद्यान्नको छ।

विगतमा नेपालसँग १४ -१५ महिना आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको,  हालको अवस्थामा सावधानी अपनाइनुपर्ने छ। बीबीसी