logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गभर्नर अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंकमा प्रदर्शन गर्ने खोज्ने प्रहरी नियन्त्रणमा


अंकुरण खबर
468
Shares

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आबद्ध विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरूले प्रदर्शन गर्न खोजेका थिए । प्रदर्शनकारीले एम अधिकारी राजीनामा दे, नालायक गभर्नर मुर्दावाद लगायतका नारा लगाएका थिए ।