logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङले तीन गोरु र दुई गाई मरे


अंकुरण खबर
832
Shares

चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन् । शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको तीन वटा गोरु र दुई वटा गाई मरेका हुन् । गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए ।

चट्याङबाट कार्कीको दुई लाखको क्षति भएको प्रहरी मुचुल्का तयार पारिएको छ । मरेका गाईगोरु खाल्डो खनेर पुरिएको छ । घरभन्दा करिब एक किलोमिटर दूरीमा राखिएको गोठमा चट्याङ परेको हो ।