logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डेढ किलो चरेशसहित सशस्त्र प्रहरीका जवान पक्राउ


अंकुरण खबर
1.43K
Shares

सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो ।

बझाङ स्थायी घर भएका उनी लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।