परराष्ट्रमन्त्री डा. नारायण खड्का आज छिमेकी मित्रराष्ट्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा उनी चीन जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार चीन भ्रमणका क्रममा मन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङसँग बुधबार भेटवार्ता गर्ने तालिका छ ।
भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।