बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्। बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
२२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका हुन् । मृतक बालिकाको भने नाम खुलेको छैन। इलाका प्रहरी कार्यालय बुङ्गलको प्रहरी टोली घटनास्थल पुगेको छ।
घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रमेश अवस्थीको नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ।