काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो घण्टौंको प्रयासपछि नियन्त्रणमा आएको
आएको छ ।
आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् ।
आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।
आगलागीको कारण पनि खुल्न सकेको छैन ।