logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ छ कारोबार


अंकुरण खबर
1.131K
Shares

साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ।

बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ। बुधबार भने तोलामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा किनबेच भएको थियो।