logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरितः कमल थापा 


अंकुरण खबर
1.014K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रपहित विपरित रहेको बताएका छन् ।

‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रहित विपरित र आपत्तिजनक छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन सम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उनले बताएका छन् ।