बिहीबार (आज) कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका वीरबहादुर शाहीको शपथ रोकिएको छ।
नवनियुक्त मनत्रलिाई आज पद तथा गोपनीयताको शपथ खुवाउने तयारी रहेपनि उच्च अदालत सुर्खेतले ‘समावेशी सिद्धान्तका आधारमा सरकार गठन नभएको’ भन्दै पत्र पठाएपछि शाहीको शपथ रोकिएको हो।
साउन २३ गते हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा ९कार्चेन० को पदावधि सकिएपछि यो मन्त्रालयमा डोल्पाका सांसद शाहीलाई नियुक्त गरिएको थियो।
रिटका आधारमा आगामी दिनमा सरकार पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न अदालतले आदेश दिएको थियो।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्त बमोजिम भएरनभएको बारेमा संवेदनशील भएर आ(आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नरगराउनका लागि प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई अदालतले ध्यानाकर्षण गराएको छ।