logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

यस्ता लक्षण देखिए नवजात शिशुमा आन्द्राको जटिल सल्यक्रिया गर्नुपर्ने हुन सक्छ ?


अंकुरण खबर
1.859K
Shares

नवजात शिशुमा निकै जटिल प्रकृतिका सल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ । शिशुमा यस्ता समस्याको सल्यक्रिया गर्न केही समय ढिला भयो भने मात्र पनि बच्चाको ज्याननै जाने खतरा हुन्छ । शिशुमा के कस्ता समस्या देखिए यस्तो अवस्था आउछ ? सल्यक्रिया गर्नु पर्ने भए के कस्ता कुरामा सावधानी अप्नाउनु पर्छ ? वरिष्ठ बालसल्य चिकित्सक प्रा.डा.आर.पी चौधरी यसो भन्छन्...

मानव विकास र वृद्धिको अवस्था हेर्ने हो भने बाल अवस्था संवेदनशील अवस्था हो । त्यसमा पनि शिशु अवस्था या नवजात शिशु अवस्था अझ वढी संवेदनशील अवस्था मानिन्छ । यस अवस्थामा पनि निकै जटिल प्रकृतिका सल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस मध्ये एक हो आन्द्रामा नशाको कमी ।

यो नवजात शिशुमा देखिने एक जटिल समस्या हो । यदि समस्या झुक्किएर रहो भने मात्र यो ठुलो बच्चामा देखिन्छ । नत्र भने यो नवजात शिशुमा मात्र देखापर्छ यदि यो समस्याको बेलैमा दक्ष सल्य चिकित्सकको टिमले सल्यक्रिया नगरे शिशुको मृत्यृ समेत हुने गर्दछ ।

आन्द्रामा नशाको कमी हुने कारण :
यस्तो समस्या यही मात्र कारणले हुन्छ भन्ने छैन् । गर्भमा रहदा आन्द्रा मुखदेखि बढ्दै गएर दिशा गर्ने प्वालसम्म पुग्छ । यही क्रममा कुनै कारणबस आन्द्रा दिसाको प्वालसम्म पुगेन भने जुन भागमा आन्द्रको कमी हुन्छ ,त्यो भागमा यस्तो समस्या सृजना हुन्छ ।

यसका लक्षणहरु :
सामान्यतया जन्मिएको २४ घण्टा भित्रमा नवजात शिशुले दिसा गरिसक्छ तर यदि यो समयमा दिसा गरेन, पेट फुल्दै गयो, दुध चुस्न मानेन ,धेरै रोयो, हरियो बान्ता गर्यो, फस्टाएन ,अध्याधिक ज्वारो आयो भने यो समस्या हुन सक्छ ।अलि पछि गए पछि शिशुको आन्द्रामा संक्रमण हुने प्वाल पर्न हुन सक्छ । यस्तो अवस्थामा शिशुको बेलैमा सल्यक्रिया गरिएन भने मृत्यु समेत हुन सक्छ ।

के यस्तो सल्यक्रिया गरेका बच्चा भविष्यमा सामान्य बच्चा जस्तै हुन्छन् ?
हो, यो प्रश्न धेरैको हुन्छ त्यसमा पनि बच्चाको सल्यक्रिया भने पछि अभिभावकहरु सहजै गर्न तयार हुदैनन् । अलि संशेदनशील उमेर भएकाले पनि बच्चा भविष्यमा सामान्य नहुने हो की ? जीवनभर अपांगताको शिकार हुनुपर्ने होकी ? भन्ने धेरै अभिभावकको चिन्ता हुन्छ । तर नगन्य बाहेक अहिलेसम्मको अनुभवमा त्यस्तो छैन १७, १८ वार्ष अघि यस्तो सल्यक्रिया गरेका बच्चाहरु पनि सामान्य जीवनयापन गरिरहेका छन् । तर चिकित्सकको सल्लाह बमोजिम खानपान ,औषधि सेवन, नियमित चेकजाच भने गरिरहनु पर्छ ।

यस्तो सल्यक्रिया गर्दा कतिको जटिलता आउछ ?
यस्तो सल्यक्रिया जटिल प्रकृतिको हुन्छ घण्टौ लगाएर गरिने यस्तो सल्यक्रिया एक पटक मात्र गरेर पनि हुदैन् । २ ,३ पटक गर्नुपर्छ ।
सबै भन्दा पहिला हामीले बच्चाको पेटमा दिसा निकाल्ने बैकल्पिक प्वाल बनाउछौं र दिसा बाहिर निकालिन्छ । यसको साथै आन्द्रमा नशाको कमी कहाँसम्म छ त्यो पत्ता लगाएर आवश्यक प्रक्रिया पुर्याएर अर्को समय पुन सल्यक्रिया गरेर त्यहा नशा जोडिन्छ । सामान्यतया सल्यक्रिया गरेको दुई तीन दिनमा बच्चालाई खुवाउन थालिन्छ र ६,७ दिनमा डिस्चार्ज गरिन्छ । सल्यक्रिया गर्ने चिकित्सक,बेहोस बनाउने चिकित्सक,एनआईसीयू,औषधिहरु सबै कुरा गुणस्तरीय र प्रभावकारी हुनुपर्छ ।

यस्तो समस्या आउन नदिन अप्नाउनु पर्ने सावधानी के छन् ?
हुन त यही कुरमा सावधानी अप्नायो भने यस्तो समस्या आउदैन भन्ने छैन् । यो गर्भदेखिनै हुने भएकाले गर्भवतीले स्वस्थ बच्चा जन्माउनको लागि स्वास्थ प्रति आवश्यक ध्यानदिनु चै जरुरी हुन्छ ।

यस्तो कुरामा अभिभावकले सधै ध्यान दिनु पर्ने कुरा भनेको चिकित्सकको सल्लाहा बमोजिम मात्र बच्चाको हरेक कुरा गर्नु पर्छ । कहिले काँही समस्या पुनः दोहोरिन पनि सक्छ त्यही भएर पनि यस्ता बच्चालाई जीवनभर अफोअपमा राखिरहनु पर्ने हुन सक्छ ।

प्रा.डा. आर. पी. चौधरी ईसान बाल तथा महिला अस्पतालका निर्देशक हुन् ।