logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालेनलाई असफल बनाउने काम गर्नु हुँदैनः कमल थापा


अंकुरण खबर
2.002K
Shares

राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौति हो । त्यसवारे उहाँले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ ।

त्यतिञ्जेल विगतमा झै सबैले हरसंभव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

केही दिनयता काठमाडौंको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित बनेको छ ।