logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि 


अंकुरण खबर
806
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक हिजोवाट सुरु भएको हो ।

बैठकमा आउँदो मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी समितिलाई पूर्णता दिने लगायतका छलफल हुने नेताहरूले बताएका छन्।

माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ। यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

हिजोको बैठकले नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई आफ्नो पार्टीको चुनाव चिह्न दिने निर्णय गरेको थियो। जसअनुसार मंगलबार नै माओवादी केन्द्र र नेसपाले एकल चिह्नबाट चुनाव लड्नेगरि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन्।