नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।
बिहीबार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रचण्ड सचिवालयका अनुसार आजै बेलुकी ४ बजे बस्नेगरी बैठक स्थगित भएको हो।
आज बस्ने स्थायी कमिटी बैठकले माओवादीको पदाधिकारी टुंगो लगाउने बताइएको छ। माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी कमिटी चुनिन सकेको छैन् भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन्।
मुख्यगरी, महासचिव कसलाई बनाउने भन्ने निर्णय लिन नसक्दा पदाधिकारी चयनको विषय सकस बन्दै गएको छ।