logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा एकैदिन ३३ सय १७ जना सवारी चालकमाथि कारवाही, हर्न बजाउने १३२


अंकुरण खबर
689
Shares

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न बजाउने १३२ र नदेखिने गरी नम्बर प्लेट राख्ने २८ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ८१८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।