logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमपर्वत हाइड्रोले ४२ लाख कित्ता आईपीओ निष्कासन गर्ने


अंकुरण खबर
793
Shares

हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

सम्झौतामा हिमपर्वत हाइड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआई एल क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिबिआई एल क्यापिटल लिमिटेडले हिमपर्वत हाइड्रोपावर लिमिटेडको १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।