logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेरिसडाँडामा माओवादीको स्थायी समिति बैठक सुरु, पदाधिकारी टुंगो लाग्ने अपेक्षा


अंकुरण खबर
598
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बिहान बस्दैछ ।

यसअघि हिजो दुईपटक समय निर्धारण गरिएको बैठक अन्तिम समयमा स्थगित भएर आजका लागि सारिएको थियो ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको बैठकले केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।