logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मध्य राति भूकम्पको धक्का,केन्द्रविन्दु बाँके


अंकुरण खबर
845
Shares

बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँकेमा केन्द्रविन्दु भएर राति १ : २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो। अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले भने नेपाल र भारतको सीमा क्षेत्रमा ४.९ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।

युएसजीएसले नेपालको गुलरियादेखि १३ किलोमिटर दूरीमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर भूकम्प गएको उल्लेख गरेको छ।

मध्यराति भूकम्प गएपछि त्यस क्षेत्रका मानिसहरु त्रसित भएका थिए ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।