logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा एक सातादेखि हराएकी वृद्धा मृत फेला


अंकुरण खबर
663
Shares

गुल्मीमाको मुसिकोट नगरपालिका-१ पौदीमा एक वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७९ वर्षीया सेतीदेवी पछाइको भएको खुलेको छ ।

जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शव सडेको अवस्थामा फेला परेको छ ।

शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ ।