अहिले (आइतबार बिहान) देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको र प्रदेश १ का केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानमान बुलेटिन अनुसार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। जसमा भनिएको छ स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकाको मौसम अहिले सामान्य बदली छ। तापक्रम आइतबार बिहान सवा ६ बजे २२ डिग्री सेल्सियस छ। अपराह्नतिर काठमाडौं उपत्यकामा क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।