logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदीप गिरिको निधनले अपुरणीय क्षति भो : केपी ओली


अंकुरण खबर
624
Shares

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताएका छन्।

अध्यक्ष ओलीले आइतबार बिहान ट्विटरमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु।’

प्रतिनिधि सभा सदस्य एवं समाजवादी चिन्तक गिरिको उपचारका क्रममा शनिबार राति ९ : ३० बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो। उनको अन्त्येष्टि आज गरिँदै छ।