logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजार झिनो अंकले घट्यो


अंकुरण खबर
1.001K
Shares

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेको हो ।

यस दिन २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भएको हो ।

यस दिन १३२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ४७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस दिन बैंकिङ, नन लाइफ र उत्पादनबाहेक अरु सबै समूहको समूहगत सूचक ओरालो लागेको छ ।