logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिपायल बजार बन्द गराउँदै हिडने दुई पक्राउ


अंकुरण खबर
1.235K
Shares

डोटीमा बन्द गराउँदै हिडने नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता परेका छन ।

चन्द नेतृत्वकासहित ४ पार्टीले घोषणा गरे अनुसार दिपायल बजार बन्द गराउँदै हिँडेका दुई कार्यकर्तालाई पक्राउ परेका हुन ।

डोटी प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा मोहन कठायत र प्रकाश कठायत रहेका छन । डोटीमा बन्दको प्रभाव न्युन देखिएको छ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको छ।