विराटनगरमा मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् । ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ ।