logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना, यस्तो छ अबको तीन दिनको मौसम 


अंकुरण खबर
1.222K
Shares

आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ ।

जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का देखी  मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

यस्तो छ अबको तीन दिनको मौसम 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

शनिबार :

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार :

आइतबार दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी प्रदेशका, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी , कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।