logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन


अंकुरण खबर
2.6K
Shares

आज कुशे औँसी ।

कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।

आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण  तथा श्राद्ध गर्ने परम्परा छ ।