logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थपिए २ सय ५७ जना कोरोना संक्रमित, २ सय ३२ जना निको भए


अंकुरण खबर
2.093K
Shares

पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २४६३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण देखिएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ। पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन्।