logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते


अंकुरण खबर
364
Shares

मोरङको बिराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडी हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् ।

हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानिय बिना मगरकी ६ बर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।

घाइते बालिकाको बिराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।