logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोका कारण अरनिको राजमार्ग अबरुद्ध


अंकुरण खबर
819
Shares

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अबरुद्ध भएको छ ।

आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुदै सिन्धुपाल्चोकका बिभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् ।

पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।