logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महोत्तरीमा स्यालले टोकेर चार जनालाई घाइते बनायो


अंकुरण खबर
3.939K
Shares

महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् ।

एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै गाउँ आसपास आउने स्याले दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका थिए ।  घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।