logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो


अंकुरण खबर
832
Shares

सुनकाे मूल्य साेमबार ताेलामा ३०० रुपैयाँले घटेकाे छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकाेमा साेमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसैगरी  तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेकाे छ । आइतबार तेजाबी  सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो ।

सुनकाे मूल्य घटे पनि साेमबार पनि चाँदीको मूल्य भने स्थिर छ ।  चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएकाे छ । महासंघले साेमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।