logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले सांसदलाई गरे बिदाइ


अंकुरण खबर
715
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् ।

उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए । २ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ । सोही कारण एमालेले शुक्रबार नै सांसदहरूलाई बिदाइ गरेको हो ।