logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता


अंकुरण खबर
2.847K
Shares

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा शनिबार बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् । पहिरोभित्र केही शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागिले बताए ।

४ दिनदेखि निरन्तर आएको बर्षाले बाटो अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डागिले बताए । यस्तै, जिल्लाको ढकारी गाउँपालिका वार्ड न।६  सिमानेमा स्थानीय हर्क ब बुढाको घर पहिरोले भत्किदा १ जनाको  मृत्यु  २ जना घाइते छन।