logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा एमालेको पदयात्रा


अंकुरण खबर
793
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली युवा सँगसँगै पदयात्रामा सहभागी भएका छन् ।

‘संविधानको सात बर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा शनिबार सम्बोधन गर्दै ओलीले संबिधान दिवस सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्ने बताए । ओलीले एमालेले यसको सुरुवात गरेको बताउदै कैयौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताउदै भने, ‘नेपाल नेपालीको हो । नेपाल अरु कसैले चलाउने होइन । लोकतन्त्र नेपालको शासन हो । नेपाली जनताको शासन हो ।’

ओलीले नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भएको बताउदै सबैलाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडाएको बताए ।

पदयात्रामा सहभागीले नेपाली झण्डा बोकेर सहभागी भएका थिए ।