logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वतन्त्र उम्मेदवारले काम गर्न सक्दैनन् : तिमिल्सिना


अंकुरण खबर
884
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाण्डौमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताउनुभएको हो ।

उनले स्वतन्त्र उम्मेदवारले संसद्मा बोलेर अलिकति चेतना जगाउन सके पनि आमरूपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताए । उनले आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सीमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताए ।

उहाँले भन्नुभयो – ‘बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा स्वतन्त्र आउनैपर्छ । कतिपय आउनुहुन्छ स्वभाविक हो । तर पार्टी, सरकार बनेर चलाउने त स्वतन्त्रले त सम्भव नै छैन ।  एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ । त्यसकारण आवद्ध हुनुस् पार्टीमा ।’