logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज संविधान दिवस, संविधानको कार्यन्वयनमा सबै इमान्दार हुनुपर्ने राष्ट्रपति, प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुको भनाई


अंकुरण खबर
1.716K
Shares

 जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।

आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा  पनि दिएको छ ।

संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ ।

राष्ट्रपति भण्डारीद्धारा शुभकामना व्यक्त

संविधान दिवसकै अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्।

दिवसका अवरमा सार्वजनिक सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गरेकी हुन्।

उनको सन्देशमा भनिएको छ “नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ।”

प्रधानमन्त्री देउवाद्धारा शुभकामना व्यक्त

त्यस्तै प्रधानमन्त्री देउवाले पनि आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको तर्क गरेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।

शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् “सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ”।

संविधान दिवसकै अबसरमा सभामुख लगाएत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले संविधानको परिकल्पना अनुसार जनताका अधिकार सुनिश्चित गर्न पनि माग सबै लाग्नु पर्ने उल्लेख गरेका छन् । सरकारले संविधान दिवस मनाउनकै लागि आज सार्वजानिक बिदा दिएको छ ।