logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज समानुपातिकको बन्दसूची पेस गर्ने अन्तिम दिन, सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने


अंकुरण खबर
637
Shares

४ मंसिरमा तय भएको आमनिर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ ।

पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीसहितका दलहरुले भने आज बन्दसूची बुझाउने भएका छन् । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन्। निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ।

समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१।२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ। प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ।