काठमाडौंको दशरथ रंगशालामा नेपाललाई पराजित गर्दै बाङ्लादेश विजेता बनेको हो। बाङ्लादेशले नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
बाङ्लादेश पहिलो पटक साफ च्याम्पियन बनेको हो। यसअघि भएका पाँच वटा प्रतियोगिता भारतले जितेको थियो।
नेपाल पाँचौ पटक पनि उपाधि जित्नबाट चुकेको छ। यसअघि चार पटक फाइनलमा भारतसँग पराजित भएको थियो।