logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, मंगलबार रातिबाट विधेयक स्वत: निष्क्रिय


अंकुरण खबर
1.365K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्।

राष्ट्रपतिको अस्वीकारसंगै मंगलबार राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय भएको छ ।

नागरिकता विधेयक पहिलोपटक प्रमाणीकरणका लागि पेस हुँदा राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन्। तर, विधेयकमा कुनै परिमार्जन नगरि राष्ट्रपतिकोमा पठाइएको थियो ।

संघीय संसद्का दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पेस भएको विधेयक राष्ट्रपतिले १५ दिनसम्म होल्ड गरे पनि प्रमाणीकरण गर्न भने अस्वीकार गरेकी हुन् । संविधानको धारा ११३ को व्यवस्थाअनुसार विधेयक प्रमाणीकरणका लागि १५ दिनको समय कटिसक्दा पनि राष्ट्रपति भण्डारी विधेयक प्रमाणीकरण नगरी ‘मौन’ बसेकी छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै विधेयक पारित भएर पुन: प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस भएको थियो। विधेयक दोस्रोपटक भदौ २० गते प्रमाणीकरणका लागि आएपनि राष्ट्रपति कार्यालय मौन बसेको थियो