logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

इटहरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु


अंकुरण खबर
1.43K
Shares

सुनसरीको इटहरी उपमहानगरपालिका–९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।