logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध


अंकुरण खबर
1.157K
Shares

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले प्रदेश १, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।