logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु


अंकुरण खबर
429
Shares

भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा  इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो ।

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी बृद्धालाई ठक्कर दिएको थियो ।

बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।